काठमाडौं, साउन २। सामरी इन्टरनेशनल इभेन्ट प्रा.लि.को आयोजनामा ‘जुनियर सुपरमोडल इन्टरनेशनल नेपाल’को भव्य अडिसन काठमाडौंस्थित आगन प्यालेसमा उत्साहपूर्ण वातावरणबीच सम्पन्न भएको छ।
देशभरका विभिन्न जिल्लाबाट सहभागी भएका प्रतिभाशाली बालबालिका तथा किशोर–किशोरीहरूले अडिसनमा आत्मविश्वास, चित्रकला, व्यक्तित्व, र्याम्प वाक, प्रस्तुति कला तथा सिर्जनात्मक क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए। आयोजक भरत समारीका अनुसार प्रतियोगिताको उद्देश्य भविष्यका मोडल तथा व्यक्तित्वलाई राष्ट्रियसँगै अन्तर्राष्ट्रिय मञ्चका लागि तयार गर्नु हो।

उनका अनुसार प्रतियोगिताले बालबालिका तथा किशोर–किशोरीमा नेतृत्व क्षमता, व्यक्तित्व विकास, सञ्चार सीप र आत्मविश्वास अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने आधार तयार गर्ने लक्ष्य राखेको छ।
प्रतियोगिताको निष्पक्ष मूल्याङ्कनका लागि युवा निर्देशक तथा पत्रकार धनेन्द्र तिमल्सिना, बैंकर दिनेश पौडेल, मोडल तथा कलाकार अमित खनाल, डान्स कोरियोग्राफर रीना श्रेष्ठ, व्यवसायी तथा आईटी प्रोफेसनल दिलीप मगर, व्यवसायी मनिषा मुखिया तथा एनएलजी इन्स्योरेन्सका पूर्व बोर्ड निर्देशक एवं लगानीकर्ता मिनबहादुर सामरी निर्णायक मण्डलमा सहभागी रहेका थिए।
कार्यक्रममा युवा पत्रकार अरबिन्द्र गौतम विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। साथै कल्पना प्रसाई कामना, दुर्गा देवी थापा, राधा न्यौपाने ढकाल, मकमार योञ्जन र लिला रिजाललगायतको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो। उपस्थित अतिथिहरूले प्रतियोगीहरूलाई प्रेरणा, उत्साह र सफलताको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमका अविस्मरणीय क्षणहरूलाई एनसीए फोटो स्टुडियो, सञ्जय श्रेष्ठ, विजय मुनिकार तथा सुजन कापालीको क्यामेरा टोलीले व्यावसायिक रूपमा कैद गरेको थियो।
आयोजक सामरी इन्टरनेशनल इभेन्टले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने निर्णायक मण्डल, विशिष्ट अतिथि, अभिभावक, सञ्चारकर्मी, क्यामेरा टोली, स्वयंसेवक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको छ।
अडिसनबाट छनोट भएका प्रतियोगीहरूले अब विशेष ग्रुमिङ, व्यक्तित्व विकास, र्याम्प प्रशिक्षण तथा विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्दै ‘जुनियर सुपरमोडल इन्टरनेशनल नेपाल’को भव्य ग्रान्ड फिनालेमा आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन्।
आयोजकले भविष्यका प्रतिभाशाली बालबालिका तथा किशोर–किशोरीलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने लक्ष्यका साथ गुणस्तरीय, व्यवस्थित र अन्तर्राष्ट्रिय मापदण्डअनुसारका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।






